• आइतबार, असोज ११ २०८३

बाबुराम भट्टराईको निवासमा छलफल गर्दै जसपा शीर्ष नेता


आइतबार, बैशाख २६ २०७८
715
Shares


काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरू (पदाधिकारी) आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर आज भेटवार्ता गरेपछि जसपाका शीर्ष नेता छलफलमा जुटेका हुन्।

अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री ओली र सभापति देउवालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उक्त भेटमा उनीहरूले जसपा तटस्थ बस्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन्।

जसपाका एक नेताले दिएको जानकारीअनुसार अहिले पार्टीकासंघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको निवास टोखामा आन्तरिक छलफलमा जुटेका छन्।

जसपामा अध्यक्ष भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा छन् भने अध्यक्ष ठाकुर भने यसबारे तटस्थ बस्नुपर्नेमा छन्।

जसपामा अध्यक्षहरू भट्टराई, ठाकुर र यादव छन् भने पार्टीमा राजेन्द्र महतो, अशोक राई नेता छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार