• मंगलबार, साउन १२ २०८३

मुख्यमन्त्री पोखरेलविरूद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता


आइतबार, बैशाख २६ २०७८
875
Shares


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको बैठक बोलाइएकोमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर संसद अधिवेशन अन्त्य गरेपछि उक्त अविश्वास प्रस्ताव माथि छलफल हुने प्रक्रिया समाप्त भएको थियो।

मुख्यमन्त्री पोखरेलले त्यो बेला सरकार संविधानको धारा १६८ को २ अनुसार भएको र १६८ को १ अनुसार सरकार बनाउन राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पुन बहुमत सदस्यको हस्ताक्षर पेश गरेका पोखरेललाई वैशाख १९ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूको नामावली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार