• मंगलबार, साउन १२ २०८३

देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता


आइतबार, बैशाख २६ २०७८
690
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए ।

ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा थिए ।

जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

आगामी सरकारको नेतृत्वको विषयमा दुई धारमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार