कोरोना संक्रमणबाट बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका—९ का वडाध्यक्ष बिनोद कुमार बिकको संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।
उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए ।
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।
