• आइतबार, असोज ११ २०८३

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय !


आइतबार, बैशाख २६ २०७८
650
Shares

काठमाण्डाै । प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको विपक्षमा मतदान गर्न आग्रह गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठकले सोमबारका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार