• मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय


शनिबार, बैशाख २५ २०७८
840
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसले निर्णय गरेकाे छ । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हाे ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार