• आइतबार, असोज ११ २०८३

बेलायतको स्थानीय चुनावमा दुई नेपाली विजयी


शनिबार, बैशाख २५ २०७८
745
Shares

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन्।

स्थानीय निर्वाचनमा अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन्।

बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए।

रश्मोर बरोको वेलिङटन वडामाका उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए।

यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाटै उम्मेदवारी दिएका नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार