• मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्रीले बाेलाए ‘आकस्मिक’ मन्त्रिपरिषदको बैठक


शनिबार, बैशाख २५ २०७८
590
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डाकेका छन् ।

सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज साँझ ५ पनि डाकिएको हो ।

बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोज्नु भएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’ आह्वान गरिएको छ ।

विश्वासको मत लिने मिति सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार