Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरिएकामध्ये ६ सय १३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।

वैशाख २२ गते ६ सय ९ जना, २३ गते ५ सय २५ जना र २४ गते करिब एक सय जनाको स्वाब संकलन गरिएको थियो ।
स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।
