• सोमबार, भाद्र २२ २०८३

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन


शुक्रबार, बैशाख २४ २०७८
670
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार