काठमाडौं । राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा (बादल) उम्मेदवार बन्ने भएका छन्। उम्मेदवार दिनका लागि बादल मकवानपुर हिँडिसकेको बादलका प्रेस विज्ञ किरण भट्टराइले जानकारी दिए।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।
बालुवाटार बैठकपछि गृहमन्त्री बादल उम्मेद्वारी मनोनयनका लागि सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा गएका हुन्।
यता माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेद्वारी दिएका छन्।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन्।
राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले एक्लै छ।
