• मंगलबार, साउन १२ २०८३

हरिशरण आचार्यसहित थप दुई जना सांसदमा कोरोना संक्रमण


शुक्रबार, बैशाख २४ २०७८
820
Shares

पोखरा । गण्डकी प्रदेशमा हरिशरण आचार्यसहित थप दुई जना सांसदमा कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहिबार सांसदद्वय आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको हो ।

जनता समाजवादी पार्टी संसदीय दलका नेतासमेत रहेका आचार्य मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मंगलबार बसेको सर्वदलीय बैठकमा उनी पनि सहभागी थिए । आचार्य गोरखा क्षेत्र नम्बर २ काे प्रदेश क बाट निर्वाचित साँसद हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अहिले ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखिएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्रीका सचिवालयका प्रेस संयोजक विक्रम न्यौपानेसहितका कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

यसअघि, काँग्रेसकी मनकुमारी गुरुङ, नेकपा एमालेका राजिव पहारी, प्रभा कोइराला र राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाहीलाई कोरोना भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार