• मंगलबार, साउन १२ २०८३

२७ गतेलाई बोलाइयो गण्डकीमा प्रदेश सभा बैठक


शुक्रबार, बैशाख २४ २०७८
760
Shares

पोखरा । गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने भएको छ । हिजाे बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते बिहान ११ बजे बाट बैठक बस्ने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड लागेका सांसदहरुलाई प्रदेश सभामा बस्ने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरुले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए ।

प्रदेश सभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ सांसदमा कोरोना संक्रमण देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोरोना संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समिति सदस्य खड्काले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार