• मंगलबार, साउन १२ २०८३

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतलनिवास


बिहिबार, बैशाख २३ २०७८
705
Shares

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्।

नेकपा–एमालेको स्थायी समिति बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शीतल निवास पुगेको प्रधानमन्त्री स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीसँग देउवा निवास बुढानीलकण्ठ नै पुगेर छलफल गरेका थिए।

सो छलफलमा ओलीले विश्वसको मत दिनको लागि आग्रह गरेको र त्यसलाई कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएपछि प्रधानमन्त्री ओलीले बुधबार बेलुका नै बिहीबार विहान बस्नेगरी स्थायी समितिको बैठक बोलाएका थिए।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिँदैछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार