• आइतबार, असोज ११ २०८३

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरू


बिहिबार, बैशाख २३ २०७८
1K
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको छ।

बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरू भएको थियो।

एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मदवार तय गर्ने सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशमा एक/एक पद रिक्त छ। त्यसका लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।

साथै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार