• मंगलबार, साउन १२ २०८३

माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन


बुधबार, बैशाख २२ २०७८
935
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिन राष्ट्रपतिमार्फत प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार