गोरखा । गोरखाको भिमसेन थापा गाँउपालिका ७ क्यामुनटारका कोरोना संक्रमितका परिवारलाई गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले खाद्यान्न सामाग्री वितरण गरिएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गोरखाको विशेष पहलमा कोभिड —१९ बाट ग्रसित समुदायलाई मन्त्री बस्नेतले खाद्यान्न सामाग्री वितरण गरेका हन् ।
मन्त्री बस्नेतले सहयोग स्वरुप चामल ४० बोरा ,दाल १ सय केजि तेल, ४० पोका तेल र नुन ५० पोका लगायतका सामाग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुजन सिंखडाले जानकारी दिए ।

पार्टी का नेताहरु बाबुराम थापा सम्झना देवकोटा सुरेन्द्र थापा कृष्ण नेपाली साधुराम थापा लगाएतको उपस्थिति मा खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।
