• मंगलबार, साउन १२ २०८३

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त, केहीबेरमा सपथ


सोमबार, बैशाख २० २०७८
625
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

नवनियुक्त प्रदेश प्रमुखलाई आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने मन्त्रिपरिषद बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजे उनीहरूको सपथको तयारी भएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार