• मंगलबार, साउन १२ २०८३

गण्डकी प्रदेशका प्रमुख शेरचन पदमुक्त


सोमबार, बैशाख २० २०७८
730
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । यसैगरी सुदूरपश्चिम प्रदेशकाी प्रदेश प्रमुख पनि पदमुक्त भएकी छिन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दैं याँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन्। यादव सप्तरीका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार