• मंगलबार, साउन १२ २०८३

कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने


सोमबार, बैशाख २० २०७८
815
Shares


कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको वैशाख १७ गते बसेको मन्त्रिपरिषदको वैठकले कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँ दिने निर्ण गरेको हो।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर कोभिडबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री विमला केसीले जानकारी दिईन्।

‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार