• आइतबार, असोज ११ २०८३

बाबुराम भट्टराई अझै केही दिन अस्पतालमै रहने


सोमबार, बैशाख २० २०७८
765
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई अझै केही दिन वीर अस्पतालमै रहने भएका छन्।

पेटको ट्युमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई अझै केही दिन अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन्।

डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भट्टराई अस्पतालमै रहनेछन्।

डा.भट्टराईको गत शुक्रबार पेटको न्युरोइन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि डा.भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। केही दिन चिकित्सकहरूको निगरानीमा अस्पतालमै डा.भट्टराई रहने उनको सचिवालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार