• मंगलबार, साउन १२ २०८३

कोरोना नियन्त्रणको काम प्रभावकारी बनाउन माओवादीको माग


सोमबार, बैशाख २० २०७८
595
Shares

गोरखा । जिल्लाको कोरोना संक्रमण तिब्र भएको भन्दै नेकपा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादीले जनताको सुरक्षामा जिम्मेवार बन्न सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणका कारण नागरिकहरुको स्वास्थ्यमा गम्भीर चुनौती खडा भएको बर्तमान अबस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार थप जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिइएको छ ।

‘संक्रमणका कारण जिल्ला भित्र बालबालिकादेखि बृद्धबृद्धासम्मको स्वास्थ्य अबस्था जोखिममा परेको छ । केहीले ज्यान समेत गुमाइसकेको अबस्थामा सरकार कुनै तहका सरकार पनि जिम्मेवार बन्न सकेका छैनन्,’ अध्यक्ष लेखबहादुर थापाद्धारा जारी विज्ञप्तमिा भनिएको छ ।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि सिमा नाकामा चेक जाँच सुरु गर्न, आमनागरिकलाई सुरक्षा मापदण्डको पालना गर्न गराउन, बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टिन व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङ, पिसिआर परीक्षणको काम दु्रत गतिमा अघि बढाउन तथा कोरोना बिरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउन पनि माओवादीले विज्ञप्ती मार्फत माग गरेको छ ।

जिल्ला भित्र अझै पनि पर्याप्त तयारी नहुनु दुखद् भएको भन्दै संक्रमितलाई राख्ने आइसोलेसन निर्माण, अक्सिजन प्लान्ट निर्माणको काम तिव्र रुपमा अगाडी बढाउन अनुरोध गरिएको छ ।

त्यस्तै कोरोना रोकथाम र नियन्त्रण खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकको सुरक्षाकर्मीहरुको सुरक्षा सेवा सुबिधा र स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिन पनि पार्टीले विज्ञप्ति मार्फत माग गरेको छ ।

विज्ञप्तिमा बर्तमान संकट समाधानका लागि केन्द्र, जिल्ला र स्थानीय स्तरमा समेत सर्वदलिय तथा सर्वपक्षीय कोरोना रोकथाम समिति बनाउन माग गरिएको छ । बिपत् अबस्थामा जनताको हरेका दुःखमा साथ दिन पार्टी प्रतिबद्ध रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न पनि आम नागरिकलाई विज्ञप्ति मार्फत अपिल गरेको छ ।

नागरिकहरुलाई परेको समस्या समाधानका लागि क्वारेन्टिन, आइसोलेसन निर्माण तथा आवश्यक सवैखालका सहयोगमा जुट्न पार्टीले जिल्ला नगर, गाउँपार्टी, वडापार्टी तथा जनवर्गिय संगठनहरुलाई निर्देशन समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार