• मंगलबार, साउन १२ २०८३

बाबुराम भट्टराई अस्पताल भर्ना, आजै अपरेसन हुने


शुक्रबार, बैशाख १७ २०७८
790
Shares

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) गराउन जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई काठमाडौंस्थित पुरानो सरकारी अस्पताल- वीर अस्पतालमा बिहीबार भर्ना भएका हुन्।

आज अपरेसन हुने डाक्टर भट्टराईले जानकारी दिएका छन्। उनको अपरेसन डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले गर्नेछ।

यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए।

सोहीअनुसार डा. भट्टराईले स्वदेशसकै सरकारी अस्पतालमा शल्यक्रिया गराउन लागेका हुन्।

फाइल तस्बिर : ट्युमरमा क्यान्सर छ कि भनेर जँचाउने क्रममा दिल्लीको अस्पतालमा डाक्टर भट्टराई।

डाक्टर भट्टराईले भनेका छन्, ‘पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाकालागि वीर अस्पताल भर्ना भएको छु। दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सदभावले स्वास्थ्यलाभ हुने नै छ।’

अस्पतालको शय्यामा रहँदा पनि देश र जनताप्रति चिन्ता गर्दै डाक्टर भट्टराईले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।’

twitter sharing button
messenger sharing button
whatsapp sharing button

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार