पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन्।
राजिव गुरूङ (दीपक मनाङे) युवा तथा खेलकूद मन्त्री भएका छन्।

अहिले केहीबेरमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।
आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बुधबार मुख्यमन्त्री गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन्।

मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका छन्। उक्त प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो। तर जनमोर्चा सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन्।
सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए।
