• मंगलबार, साउन १२ २०८३

‘गण्डकीमा सत्ताका लागि सरकारले गुण्डागर्दी गर्याे’


बुधबार, बैशाख १५ २०७८
820
Shares

गण्डकी प्रदेशका एक सांसदलाई अविश्वासको प्रस्तावमा मत दिन रोकेर सरकारले गुण्डागर्दी गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

बुधबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि थियो।

तर, राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।

तर ‘बेपत्ता’ बनाइएका भनिएका शाही चरक अस्पतालको आईसीयूमा भेटिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारले स्वस्थ मानिसलाई अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर बन्दी बनाएको आरोप लगाए।

उनले अविश्वासको मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी गरेको भन्दै शाहीको पीसीआर परीक्षणको रिपोर्ट नै सार्वजनिक गरेका छन्।

शर्माले ट्वीट गर्दै भनेकाछन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार