• आइतबार, असोज ११ २०८३

एमालेका चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि


बुधबार, बैशाख १५ २०७८
735
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका ४ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा ऊर्जा मन्त्री एवं एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझी, प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुंगेल र विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री रायमाझी छाउँनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत छन् भने बाँकी तीन जना घरमै होम आइसोलेनसनमा बसेका छन्।

उनीहरू सबैको अवस्था सामान्य रहेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार