• आइतबार, असोज ११ २०८३

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै


बुधबार, बैशाख १५ २०७८
675
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदैछ।

अहिले प्रदेश सभा सदस्यहरूले अविश्वासको प्रस्तावमाथि छलफल गरिरहेका छन्।

मंगलबार प्रदेश सभा सदस्यहरूको पिसिआर परीक्षण गरिएको थियो। परीक्षणमा तीन जना सदस्यहरूलाई कोरोना पुष्टि भएको छ।

अविश्वास प्रस्तावमाथि छलफल गरी मुख्यमन्त्री गुरूङले जवाफ दिने र त्यसपछि मतदानमा जाने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार