• आइतबार, असोज ११ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


बुधबार, बैशाख १५ २०७८
710
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ।

पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको हो।

कांग्रेसले मंगलबार केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पिसिआर परीक्षण गरेको थियो।

पिसिआर परीक्षणको रिपोर्ट प्राप्त भइसकेको छ।

केही केन्द्रीय सदस्यमा कोरोना देखियो। कांग्रेसले एक सय जनाभन्दा बढी केन्द्रीय सदस्यको पिसिआर गरेको थियो।

१४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बैठक राखेको थियो। अब केन्द्रीय समिति बैठक कहिले बस्छ भन्नेबारे पछि नै मिति तय गरिने महामन्त्री पूर्णबहादुर खड्काले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार