• मंगलबार, साउन १२ २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत


सोमबार, बैशाख १३ २०७८
720
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि विश्वास छैन भनी अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

सोमबार प्रदेश सभाको बैठक सुरु हुनासाथ पोखरेलले सो प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

साे प्रस्तावमा पाेखरेललाई नयाँ मुख्यमन्त्रीकाे उम्मेदवारकाे रुपमा प्रस्ताव गरिएकाे छ।

साे प्रस्तावमा तीन पार्टीका २८ सांसदले हस्ताक्षर गरेका छन्।

३ सांसद रहेकाे राष्ट्रिय जनमाेर्चाले अविश्वासकाे प्रस्तावमा समर्थन गर्ने जनाएकाे छ।

६० सदस्य रहेकाे प्रदेश सभामा बहुमतका लागि ३१ सांसदकाे मत आवश्यक पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार