• मंगलबार, साउन १२ २०८३

माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी (नामावलीसहित)


मंगलबार, बैशाख ७ २०७८
1.3K
Shares


काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिए ।

स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ ।

यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्न लागिएको एक नेताले बताए ।

उनकाअनुसार चित्तबुझ्दो जवाफ नआए निश्कासनसमेत हुनसक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार