

गोरखा । नेबिसंघ गोरखाले असाहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संघको ५२ औं स्थापना दिवशको अबसरमा असाहाय बालबालिका तथा विपद्मा परेका परिवारलाई सहयोग गरिएको संघका जिल्ला सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।

शनिबार आएको हावाहुरीले घरको छाना उडाएर पछि बिचल्लीमा परेका अजिरकोट गाउँपालिका–४ सिम्जुङ निबासी आसमान गुरुङको परिवारलाई २ बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यस्तै नगरपालिका–६, स्थित बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत असाहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ ।

जिल्ला अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ गोरखाका सभापति गोबिन्द गुरुङ, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य लुमनाथ लामिछाने, प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारी, नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष उक्त विद्यालयका प्रधानाध्यापक शिव थापा लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको नेबिसंघ गोरखाले जनाएको छ ।

