• आइतबार, असोज ११ २०८३

राष्ट्रपति भण्डारीले अन्त्य गरिन् संसदको अधिवेशन


सोमबार, बैशाख ६ २०७८
665
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो।

प्रधानमन्त्री ओलीले एमसिसी संसदमा छलफलका लागि पेश गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य गर्न सिफारिस गरिएको छ।

प्रतिनिधि सभा बैठक मंगलबार बोलाइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार