• मंगलबार, साउन १२ २०८३

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’


आइतबार, बैशाख ५ २०७८
710
Shares


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सकारात्मक भएको बताएकी छन्।

बागलुङमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने बताइन्।

‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उनले भनिन्।

उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गरेकी छन्।

‘गण्डकी प्रदेश समेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ,’ उनले भनिन्। कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाइ छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार