• मंगलबार, साउन १२ २०८३

ओली सरकारलाई हाम्रो समर्थन नरहेको लेखेरै दिन्छौं : नारायणकाजी श्रेष्ठ


आइतबार, बैशाख ५ २०७८
895
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको बताए।

माओवादी केन्द्रले सोमबार स्थायी समितिको बैठक डाकेको छ। मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको हो

‘यो सरकारलाई समर्थन दिइराख्ने कुरा भएन। हामीले समर्थन फिर्ता लिन पर्दैन भनेको हो। सबैले लिनुपर्छ भनेपछि अब लिन्छौं,’ श्रेष्ठलेभने, ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन। यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं।’

उनले सोमबार बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुन सक्ने बताए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्नेछ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीबाट समर्थन प्राप्त गर्ने प्रयास गरिरहेका छन्।

तर जनता समाजवादी पार्टीभित्र सरकारलाई समर्थन गर्ने विषयमा दुई धार छन्। महन्थ ठाकुर र राजेन्द्र महतो सरकारलाई समर्थन दिने पक्षमा देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई समर्थन नदिने पक्षमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार