• मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्री हुने अवस्था आए तयार छौं : देउवा


आइतबार, बैशाख ५ २०७८
1.1K
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्।

श्रीराम श्रेष्ठले लेखेको ‘नेपाली जनजाति संस्कार र संस्कृति पुस्तक’ आज विमोचन गर्दै देउवाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा नभाग्ने बताए।

‘प्रधानमन्त्री बन्न हामी लालायित छैनौं। तर हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौं,’ उनले भने।

उनले राजनीतिक अवस्था कस्तो रहन्छ भन्नेबारे हेर्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन्।

देउवाले राजनीतिक अवस्था अत्यन्तै तरल रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार