गोरखा । नेकपा एमाले माधव नेपाल पक्षले जिल्लामा विधार्थी संगठनको समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार भएको भेलाले सचिन भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा अशोक गिरी, सचिव एलिसा लामिछाने, सहसचिवममा करुणा ढकाल, अस्मिता शाही र कोषाध्यक्षमा शिला मगर रहेका छन् ।

भेलाले २१ सदस्यीय सदस्य पनि चयन गरेको छ ।
सुजन बाँनियाको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष हिरेन्द्र शाही, विशोष अतिथी नेकपा एमाले नेपाल समूहका जिल्ला संयोजक यादव बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
