• मंगलबार, साउन १२ २०८३

तरुण दलले तोक्यो गोरखाका चार वटै प्रदेशमा संयोजक, कुन प्रदेशमा को ?


आइतबार, बैशाख ५ २०७८
855
Shares

गोरखा । नेपाल तरुण दलले गोरखाका चार वटै प्रदेशमा संयोजक तोकेको छ । शनिबार भएको तरुण दलको जिल्ला कार्यसमिति गोरखाको बैठकले जिल्लाका २ निर्वाचन क्षेत्रका ४ प्रदेशमा संयोजक तोकेको जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।

नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको तरुण दलले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क मा भरत रेग्मी र प्रदेश ख मा कुबिर पौडेललाई संयोजकको जिम्मेवारी दिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश क मा किरण आले र प्रदेश ख मा दिल बहादुर गुरुङलाई संयोजक तोकिएको छ । यसअघि देखि नै तरुण दलको जिल्ला कमिटीमा समेत आवद्ध रहि कार्य गर्दै आएका उनिहरुलाई प्रदेशको संयोजक तोकिएको अध्यक्ष गुरुङले बताए ।

त्यस्तै बैठकले एक महिना भित्र जिल्लाका ११ वटै स्थानीय तहका हरेक वडामा समेत तरुण दलको समिति निर्माण गर्ने गरी योजना अघि बढाएको जिल्ला सचिव चित्र भट्टले सिभिलखबरलाई बताए ।

जिल्लाभर युवाहरुलाई तरुण दलमा आवद्ध गरी संगठनलाई थप मजबुत बनाउने र जनताका हरेक समस्यामा साथ दिने गरी जिल्ला कमिटि अघि बढेको सचिव भट्टको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार