
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले गृहमन्त्री थापाको पद गुमेको जनाएका हुन् । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

माओवादीले लिखित पत्र पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।
