• मंगलबार, साउन १२ २०८३

सर्वदलीय बैठकमा दाहाल नजाने, देउवा दाेधारमा, नेपाललाई जानकारी नै छैन


शनिबार, बैशाख ४ २०७८
645
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नजाने भएका छन् । दाहालको सचिवालयकाअनुसार ओलीले आज बोलाएको बैठकमा दाहाल नजाने भएका हुन् । 

त्यस्तै ‘सर्वदलीय बैठक’ मा सहभागी हुने कि नहुने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका नेतासँग छलफलमा जुटेका छन्।

बालुवाटारमा अहिले बिहान ११ बजे सर्वदलीय बैठक राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जसमा अन्य दलका शीर्ष नेतासँगै देउवालाई पनि निमन्त्रणा छ। तर उनि हालसम्म पनि बैठकमा जाने नजाने बिषयमा दाेधारमा रहेकाे स्राेतले जनाएकाे छ ।

यस्तै एमाले नेता माधवकुमार नेपालले बैठकबारे जानकारी नै नभएको बताएका छन् । ‘सर्वदलीय बैठकबारे कुनै जानकारी नै आएको छैन,’ नेपालको सचिवालयले स्रोतले भन्यो । बैठकबारे जानकारी नै नआएकोले उनी पनि बैठकमा नजाने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार