• आइतबार, असोज ११ २०८३

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई गरे फोन


शुक्रबार, बैशाख ३ २०७८
745
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

त्यसका लागि आज (शुक्रबार) ओली आफैंले फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्ता दिएका छन्।

बैठकमा सहभागिताका लागि प्रचण्डसँगै संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका सबै शीर्ष नेतालाई बोलाइएको हो।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भोलि शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवासमै सर्वदलीय बैठक राख्ने भएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेका हुन्।

प्रतिनिधि सभा पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा सर्वदलीय बैठक राखेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार