• मंगलबार, साउन १२ २०८३

गण्डकीमा काँग्रेसको संगठन सुदृढीकरण कार्यक्रम


शुक्रबार, बैशाख ३ २०७८
545
Shares

गोरखा । नेपाली काँग्रेस गोरखाले संगठन बिस्तार र सुदृढीकरणलाई तिब्रता दिएको छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा भातृसंस्था पुर्नगठन तथा टोल समिति बिस्तारको काम भइरहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती धिरन थापाले जानकारी दिए ।

सोही अनुरुप बिहीबार गण्डकी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ५ वटा टोल समिति निर्माण गरिएको छ । सो ठाउँमा भातृ संस्था पनि पुर्नगठन गरिएको उनले बताए ।

वडा नम्बर ८ का वडा सभापती गणेशमान श्रेष्ठको अध्यक्षता तथा जिल्ला सभापती हरिबहादुर घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रिय समिति कोषाध्यक्ष सन्तोष घिमिरे, गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, क्षेत्रिय समितिका पूर्व कोषाध्यक्ष कृष्ण रेग्मी, सल्लाहकार समिति सदस्य प्रियदर्शन रेग्मी, वडा नम्बर ७ का सभापती विष्णु नेपाल लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार