काठमाडाौं । हिजो बेलुकी मध्यरातमा परेको चट्याङले ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ।


गए राति करिब १ बजेतिर चट्याङ परेर आगलागी भएपछि दुइटा घर ध्वस्त भएको हो।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले खरानी बनाएको छ।
मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्।
गाउँपालिका अध्यक्ष पौडेलका अनुसार उनको घरमा कोही पनि नसुतेकाले मानवीय क्षति नभएको तर भाइको घरमा चट्याङ परेर आगोलागी भएपछि भाग्ने क्रममा उनकी बुहारी भने घाइते छिन्।

पौडेलका परिवार घर नजिकै धन्सारमा सुतेका थिए। जस्तापाताले छाएको घर चट्याङ लागेपछि आगलागी भएको थियो।