• मंगलबार, साउन १२ २०८३

एमाले सांसद रावलको घरमा ढुंगा प्रहार


बिहिबार, बैशाख २ २०७८
580
Shares


काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएको बताएका छन् ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘शान्तिनगरस्थित म बस्ने घरमा बुधबार राति १२ बजेतिर ५—१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन,’ रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार