• मंगलबार, साउन १२ २०८३

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य


बिहिबार, बैशाख २ २०७८
590
Shares


पोखरा । अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

तर मध्यरातमै अधिवेशन अन्त्य भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार