• मंगलबार, साउन १२ २०८३

देशले लकडाउन धान्न सक्दैन, महामारी नियन्त्रणमा गम्भीर बन : कांग्रेस


मंगलबार, चैत्र ३१ २०७७
630
Shares


काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन बाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसको कोभिड१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’

सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलन थालेको भन्दै कांषग्रेसले भविष्यमा अझ भयावह अवस्था आउने भएकाले बेलैमा सचेत हुन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले गम्भीर विरामीहरु बढ्न सक्ने हुनाले आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पीसीआर परीक्षण दायरा व्यापक बनाउन, आम नागरिकमा खोप पुर्‍याउने कार्ययोजना बनाउन, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन र अस्पतालमा स्वास्थ्यकर्मीको संख्या कम हुन नदिन पनि कांग्रेसले आग्रह गरेको छ ।

सरकारले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेको भन्दै कांग्रेसले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार