• आइतबार, असोज ११ २०८३

विप्लप नेतृत्वको नेकपा निकट विधार्थी संगठनले गोरखामा गर्‍यो नयाँ कार्यसमिती गठन


मंगलबार, चैत्र ३१ २०७७
980
Shares


गोरखा । गोरखामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रन्तिकारी)ले नयाँ कार्य समिती गठन गरेको छ ।

नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा निकट विधार्थी संगठनको सोमबार गोरखा सदरमुकाममा भएको २२ औं जिल्ला सम्मेलनले गगन परियारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिती गठन गरेको हो ।

समितीको उपाध्यक्षमा दिनेश बोहारा, सचिवमा रोज छिम गुरुङ, सह सचिवमा अनिशा देवकोटा, कोषध्यक्षमा सविना परियार चयान भएका छन् ।

परियारको अध्यक्षतामा भएको कार्यक्रममा विप्लप नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, गण्डक ब्युरो इन्चार्ज उमा भुजेल, जिल्ला इन्चार्ज कपिल भट्ट, क्रन्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जिवी ढकाल, नेकपाका संयोजक ऋषि कट्टेललगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार