• मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप


सोमबार, चैत्र ३० २०७७
710
Shares


काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् ।

उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् ।

ओलीले जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् ।

यस्तै सांसद अनिलकुमार झाले अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार