• मंगलबार, साउन १२ २०८३

मस्तिष्कघातका कारण वडाध्यक्षको निधन


सोमबार, चैत्र ३० २०७७
835
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।

माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार