• मंगलबार, साउन १२ २०८३

सांसद दवाडीद्वारा हावाहुरीले घरको छाना उँडाएकालाई सहयोग वितरण


आइतबार, चैत्र २९ २०७७
800
Shares

गोरखा । प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले हावाहुरीले घरको छाना उँडाएकालाई सहयोग वितरण गरेका छन् ।

शुक्रबार साँझ पानी सँगै आएको हावाहुरीले बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुको घरको छाना उँडाएको थियो ।

पिडीत पनेरुलाई राहत सामग्री प्रदान गरेको वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार शनिबार पिडितको घरमै पुगेर छाना छाउने जस्तापाता र तत्कालका लागि खाने, बस्ने सामग्री जुटाउनका लागि आर्थिक सहयोग गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार