• आइतबार, असोज ११ २०८३

ओलीलाई साथ दिनेहरु दास हुन् : माधव नेपाल


शुक्रबार, चैत्र २७ २०७७
605
Shares


एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।

शुक्रबार विराटनगर पुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्‍यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘

ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफुहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।

पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार